काठमाडौँ, ३ फाल्गुन । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा स्थानीय निर्वाचनलाई दलविहीन बनाउने घोषणा गरेको छ ।
पार्टी अध्यक्ष कुलमान घिसिङले आइतबार सार्वजनिक गरेको दस्तावेजमा सांसद संख्या घटाउने, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने, बेजिल्ला तथा विदेशबाट मतदानको व्यवस्था गर्ने र ‘नो भोट’ विकल्प लागू गर्ने प्रतिबद्धता गरिएको छ ।
साथै दलीय ट्रेड युनियन खारेज गरी एक मात्र आधिकारिक ट्रेड युनियन राख्ने र सरकार बनेपछि हरेक वर्ष प्रतिबद्धताको प्रगति रिपोर्ट कार्ड सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।














