काठमाडौँ, ३ फाल्गुन । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि ६३ बुँदे निर्देशन जारी गरेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न आयोगले आग्रह गरेको छ । निर्देशनअनुसार धम्की, डरत्रास, आर्थिक प्रलोभन, जातीय–धार्मिक घृणा फैलाउने गतिविधि तथा हातहतियार प्रदर्शन निषेध गरिएको छ ।
प्रचारप्रसार फागुन ४ देखि १५ गतेसम्म मात्र गर्न पाइने र मतदातालाई उपहार, नगद वा भोजमार्फत प्रभाव पार्न नपाइने व्यवस्था गरिएको छ ।














