जय कुंवर । जनकपुर, ३ फाल्गुन । नेपाली कांग्रेसका सभापति गगन थापा शनिबार राति जनकपुरस्थित एक होटलमा देखिएका छन् ।
स्रोतका अनुसार उनी काठमाडौँ फर्किने क्रममा सर्लाहीबाट जनकपुर आएका हुन् । होटलमा उपस्थित पत्रकार जय कुवरले आसन्न निर्वाचनका विषयमा धारणा राख्न आग्रह गरे पनि थापाले सो प्रश्नमा कुनै प्रतिक्रिया नदिएको जनाइएको छ ।
उनको मौनताले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ । थापा हाल सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका छन् ।
उनी पछिल्लो समय मधेस केन्द्रित चुनावी गतिविधिमा सक्रिय देखिँदै आएका छन् । जनकपुरमा उनको आकस्मिक उपस्थितिलाई पनि चुनावी तयारीसँग जोडेर हेरिएको छ, यद्यपि यसबारे आधिकारिक रूपमा केही खुलाइएको छैन ।














