काठमाडौँ, १ फागुन । ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भेला भएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं विमानस्थल परिसरभित्र प्रवेश गरेका छन् । पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै छन् ।
विमानस्थलदेखि निर्मल निवाससम्म कडा सुरक्षा व्यवस्था गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार चोक–चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राप्रपा लगायत राजवादी समूहहरूले स्वागतको तयारी गरेका छन् ।














