काठमाडौं, २९ माघ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनलाई लक्षित गर्दै त्रिभुवन विमानस्थल क्षेत्रमा लगाइएको निषेधाज्ञाप्रति आपत्ति जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले फागुन १ गते राजावादी समूहको प्रदर्शनलाई कारण देखाउँदै निषेधाज्ञा जारी गरेको हो ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लिङदेनले निषेधाज्ञा चुनाव बिथोलिन नदिनका लागि हो कि आफैं बिथोल्नका लागि हो भन्ने प्रश्न उठाएका छन् ।
संविधान र संवैधानिक व्यवस्थाको मनोमानी प्रयोग भए जनताले त्यस्ता आदेश नमान्ने चेतावनीसमेत उनले दिएका छन् ।














