काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले शपथ ग्रहण गरेका हुन्। उनले केहीबेरमै पदबहाली गर्ने कार्यक्रम रहेको छ।
कांग्रेसको १५औँ महा धिवेशनअन्तर्गत शुक्रबार सम्पन्न मतगणनामा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका थिए।













