काठमाडौं, २९ माघ । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा एक प्रति बुझाउन आग्रह गरेको छ ।
निर्वाचन आचारसंहिता, २०८२ अनुसार आयोगले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई प्राप्त घोषणापत्रको अभिलेख राखी विवरण आयोगमा पठाउन निर्देशन दिएको छ ।
यसअघि आयोगले राजनीतिक दललाई पनि फागुन ३ गतेभित्र दलीय घोषणापत्र सार्वजनिक गर्न आह्वान गरिसकेको छ ।














