काठमाडौं, २ड माघ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने जिम्मेवारी सरकारले गम्भीरताका साथ निर्वाह गरिरहेको बताएकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसमा बोल्दै उनले जेनजी युवाको आन्दोलनलाई गम्भीर सन्देशका रूपमा लिँदै वर्तमान सरकारले नागरिकमैत्री प्रशासन, सार्वजनिक खर्चमा मितव्ययिता र स्रोत–साधन दुरुपयोगविरुद्ध कडा कदम चालेको स्पष्ट पारिन् ।
उनले अनावश्यक भर्ती रोकिनुका साथै तयारीबिनाका योजनाको बजेट कटौती गरिएको जानकारी दिँदै नागरिकता, राहदानी र सवारीचालक अनुमतिपत्रजस्ता सेवाहरू सरल र छिटो बनाइँदै गएको बताइन् ।
साथै, आगामी सरकारका लागि ‘सुशासनको मार्गचित्र’ अन्तिम चरणमा पुगेको र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको उल्लेख गरिन् ।














