जनकपुर, २८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नं. ३ का उम्मेदवार विमलेन्द्र निधिले जनकपुर–२४ बसहिया र सोनापाडामा चुनावी सभा तथा वडा भेला सम्पन्न गरेका छन ।
सभामा सम्बोधन गर्दै निधिले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । साथै मधेशको पहिचान, अधिकार संरक्षण, जनकपुरको धार्मिक–सांस्कृतिक प्रवद्र्धन र युवाका लागि रोजगारी सिर्जना आफ्नो प्रमुख एजेन्डा रहेको समेत बताए ।
कार्यक्रममा कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।














