काठमाडौं, २८ माघ । नेपाली कांग्रेस कञ्चनपुरले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गतिविधि नगर्न निर्देशन दिएको छ ।
बुधबार जारी विज्ञप्तिमा पार्टी उम्मेदवारबाहेक अन्य दलका उम्मेदवारको पोस्टमा लाइक, कमेन्ट, पोस्ट वा कुनै पनि प्रकारको प्रचार–प्रसार नगर्न आग्रह गरिएको छ ।
साथै, नेता–कार्यकर्तालाई उम्मेदवारको पछि नलागी आफ्नै वडा र टोलमै केन्द्रित भई सक्रिय हुन र अन्य वडामा जानुपरे पार्टीलाई जानकारी गराएर मात्रै जान भनिएको छ ।














