काठमाडौँ, २८ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभाको बैठकमा ‘चलचित्र विधेयक, २०८१’८८ पेस गर्ने भएकी छन् ।
संघीय संसद् सचिवालयका अनुसार अपराह्न १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री कार्कीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्दै पारितका लागि सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।
साथै, विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन र अध्यागमन ऐनसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल प्रस्ताव पनि पेश हुने कार्यसूची छ ।














