काठमाडौं, २७ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेनाले गस्ती र पेट्रोलिङ सुरु गरेको छ ।
निर्वाचन अवधिमा सेना तेस्रो घेरामा खटिने भए पनि सुरक्षा संवेदनशीलताको आधारमा पहिलो वा दोस्रो घेरामा समेत परिचालन हुन सक्ने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी, निर्वाचन तथा मतदान अधिकृतसँगको समन्वयमा सेना परिचालन गरिने र निर्वाचनलाई सुरक्षित तथा सफल बनाउन सबै क्षमता प्रयोग गरिने नेपाली सेनाले जनाएको छ ।














