काठमाडौं, २७ माघ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गर्न भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् ।
सिंहदरबारमा भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उनले सवारी साधनलगायत आवश्यक सामग्री उपलब्ध गराएकोमा आभार प्रकट गरिन् ।
राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्वाचनपछिको लोकतान्त्रिक तथा संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।














