काठमाडौं, २७ माघ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवयुवा पुस्ताको चाहनाअनुसार राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले शासकीय स्वरूप र निर्वाचन प्रणाली पुनरावलोकन गरिने बताए ।
सामाजिक विभेद अन्त्य, आत्मनिर्भर अर्थतन्त्र, वातावरण संरक्षण र ‘नेपाली विशेषताको समाजवाद’ निर्माणलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट गरे ।
विगतका कमजोरी समीक्षा गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने उनको भनाइ छ ।














