काठमाडौं, २७ माघ । निर्वाचन आयोगले निर्वाचनमा सहभागी राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्न निर्देशन दिएको छ ।
आयोगको सोमबार बसेको बैठकले आचारसंहिता अनुसार घोषणापत्र सार्वजनिक र दर्ता गर्नुपर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार दलहरूले आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र बुझाउनुपर्नेछ ।














