जनकपुर, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मधेस प्रदेशबाट चुनावी अभियान सुरु गरेका छन् ।
मंगलबार बिहान सप्तरीको सप्तकोसी नगरपालिकाबाट अभियान थालेका बालेनले सप्तरी, सिरहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा मतदाता भेटघाट तथा चुनावी कार्यक्रममा सहभागिता जनाउने छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार रहेका बालेन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।














