काठमाडौं, २६ माघ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा मुख्य निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
उनका अनुसार राष्ट्रिय आर्थिक गणना २०८२ का लागि तथ्यांक संकलन गर्ने आदेश स्वीकृत गरिएको छ । साथै, आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको छ ।
त्यसैगरी, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गरिएको छ ।














