काठमाडौं, २६ माघ । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई योगदान नदिएकाहरू सामाजिक सञ्जालको स्टन्टमार्फत राजनीति जित्न खोजिरहेको टिप्पणी गरेका छन् ।
काठमाडौं–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विश्व साम्राज्यवादले लोकतन्त्र र समाजवादविरुद्ध पपुलिज्मलाई प्रयोग गर्ने गरेको दाबी गरे ।
प्रचण्डले नेपालमा पनि भू-राजनीतिक हस्तक्षेपको प्रयास भइरहेको उल्लेख गर्दै पपुलिस्ट शक्तिहरू विदेशी स्वार्थअनुसार प्रयोग हुने खतरा रहेको बताए । साथै २६ घटक मिलेर बनेको नेकपा देशकै ठूलो पार्टी बन्ने दाबीसमेत गरे ।














