काठमाडौँ, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता ८८बालेन्द्र शाह (बालेन)८८को घरमा चोरी गर्ने आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ल्यापटप, चार्जर र भिडियो रेकर्डर बरामद गरिएको छ ।
चोरीमा संलग्न मुख्य व्यक्ति जेनजी आन्दोलनका क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार भएको व्यक्ति रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।














