काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज एकै दिन चितवनदेखि बुटवलसम्म १९ स्थानमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
बिहान आफ्नै निर्वाचन क्षेत्र चितवन–२ का विभिन्न स्थानमा भेटघाट र सम्बोधन गरेपछि उनी नवलपरासी हुँदै साँझ बुटवल पुग्ने कार्यतालिका छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेका लामिछानेले पार्टीका उम्मेदवारको पक्षमा चुनावी माहोल बनाउन आसपासका जिल्लामा सक्रियता बढाएका हुन् ।
खुट्टाको चोटका कारण दुई साता उपचारमा रहेका उनी तीन दिनअघि मात्र चितवन फर्किएका थिए ।














