काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न माग गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा फरक मत राखेकै कारण प्रसाईँलाई पटक–पटक पक्राउ गरिएको भन्दै सरकारको कदमलाई प्रतिशोधपूर्ण र संविधानविपरीत भएको आरोप लगाएका छन् ।
पार्टीले नागरिकको अभिव्यक्ति र शान्तिपूर्ण विरोध गर्ने अधिकार कुण्ठित गरिएको उल्लेख गर्दै अविलम्ब रिहाइको माग गरेको छ ।















