सप्तरी, २४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् ।
वनभोजका क्रममा खोलामा भेटिएको रकेटजस्तो देखिने वस्तु चुल्हो नजिक राख्दा अचानक विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटका कारण चारै जना बालकको शरीरका विभिन्न भागमा छर्रा लागेको छ ।
उनीहरूलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














