काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा स्थायित्व र प्रभावकारी शासनका लागि आफ्नो पार्टीलाई एकल बहुमत दिन मतदातासँग आग्रह गरेका छन् ।
चितवन–२ का मतदातासँग कुरा गर्दै उनले पुराना दलका नेताहरूले गरेका वाचा पूरा नगरेर जवाफदेही नबनेको टिप्पणी गरे ।
लामिछानेले एक–दुई सिट जितेर मात्र परिवर्तन सम्भव नहुने भन्दै कम्तीमा पाँच वर्षे स्थिर सरकार सञ्चालन गर्न बहुमत आवश्यक रहेको बताए ।
जनताको आदेशअनुसार नयाँ शक्तिहरू एकताबद्ध भएर चुनावमा होमिएको पनि उनले उल्लेख गरे ।














