काठमाडौँ, २३ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाति पुस्ता राजनीतिमा सक्रिय हुन आउँदा आफूलाई खुसी लाग्ने बताएका छन् ।
चुनावी प्रचारका लागि झापा पुगेका ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै भने कि, “राजनीति सिक्छु भनेर आफूसँग भिड्न आउँदा त्यसलाई नराम्रो मान्नु हुँदैन।
नयाँ पुस्ता, हाम्रा भाइ, भतिजा, छोरा–छोरी, नातिहरूले ‘सिक्छु, राजनीतिमा लाग्छु’ भन्छन् भने त्यसलाई स्वागत गर्नुपर्छ । झापा–५ क्षेत्र चुनावी प्रतिस्पर्धाको मैदान बनेको छ ।
यहाँ रास्वपा नेता शाह र नेकपाका युवा नेता रञ्जित तामाङ ओलीविरुद्ध चुनावी प्रतिस्पर्धामा रहेका छन् । ओलीको यो अभिव्यक्तिले नयाँ पुस्ताको राजनीतिमा सहभागिताप्रति सकारात्मक दृष्टिकोण व्यक्त गरेको छ ।














