काठमाडौ, २३ माघ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन मौसमका कारण प्रभावित हुने नदेखिएको जनाएको छ ।
आयोगका अनुसार जल तथा मौसम विज्ञान विभागको ३० वर्षे तथ्याङ्क विश्लेषण गर्दा निर्वाचनका दिन वर्षा नहुने र मौसम सामान्य रहने देखिएको छ । आयोगले मौसमको निरन्तर अपडेट लिइरहेको र अवस्था बदलिए आवश्यक निर्णय गरिने जनाएको छ ।














