काठमाडौ, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता श्री कुँवरले पार्टीले धोका दिएको आरोप लगाउँदै राजीनामा दिएका छन् ।
रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका कुँवरले प्राइमरी निर्वाचन नगरी उम्मेदवार छनोट गरिएकोप्रति आपत्ति जनाउँदै पार्टी परित्याग गरेका हुन् ।उनका अनुसार उम्मेदवार बन्नकै लागि अमेरिका छाडेर नेपाल आएका थिए ।
तर, पार्टीले आन्तरिक प्राइमरी प्रक्रिया बेवास्ता गर्दै वरिष्ठ नेता बालेन्द्र (बालेन) साहको कोटाबाट उनका सल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाएको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।














