काठमाडौं, २३ माघ । निर्वाचन आयोगले ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ भने २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ तथा प्याकिङ सकिएको छ ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेतलगायत पहाडी तथा तराईका २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ पूरा भएको हो ।
समानुपातिक प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ, प्याकिङ र रुजु पूरा भई ढुवानीका लागि तयार राखिएको आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइको काम अन्तिम चरणमा रहेको छ । मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।














