काठमाडौं, २३ माघ । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै दुई जनाबाट ७ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा ३६ वर्षीया कुमारी तामाङ पक्राउ परेकी छन् ।
नुवाकोट स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ २१ गते काठमाडौं–१२ बाट नियन्त्रणमा लिएको हो ।
आकर्षक तलबको प्रलोभन देखाएर लामो समय झुक्यानमा राखी रकम लिएपछि सम्पर्कविहीन बनेकी तामाङलाई पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।














