काठमाडौँ, २२ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार अघि नै घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता २०८२ मा गरिएको छ ।
आचारसंहिताअनुसार फागुन ४ गतेदेखि प्रचारप्रसार सुरु हुने भए पनि हालसम्म कुनै पनि दलले निर्वाचन आयोगमा घोषणापत्र पेस नगरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए ।
घोषणापत्र दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ ।
साथै, निर्वाचित भएपछि घोषणापत्रअनुसारको वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि छ ।














