झापा, २२ माघ । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय रहेको घरमा गयराति ढुंगा प्रहार भएको छ ।
कमल गाउँपालिका–२ स्थित जयप्रकाश अधिकारीको घरमा ढुंगा हानिँदा झ्यालको सिसा फुटेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ढुंगा घरबेटी बस्ने कोठामा लागेको भए पनि सम्पर्क कार्यालय रहेको कोठामा भने क्षति पुगेको छैन ।
घटनाबारे अनुसन्धान भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले जानकारी दिए । रास्वपाले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ ।














