काठमाडौं, २१ मघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीलाई तीव्र पार्दै निर्वाचन आयोगले मतदान सामग्रीको ढुवानी सुरु गरेको छ ।
कान्तिपथस्थित बहादुर भवनबाट मंगलबार ललितपुर जिल्ला निर्वाचन कार्यालयका लागि मतपेटिकासहित आवश्यक सामग्री पठाइएको हो ।
आयोगका सह प्रवक्ता कुल जिसीका अनुसार मतपेटिका, रबर छाप, मसीलगायत सामग्री कडा सुरक्षाका साथ गाडीमार्फत जिल्लातर्फ पठाइएको छ ।
दुर्गम जिल्लाहरूमा प्राथमिकताका साथ र त्यसपछि सुगम जिल्लाहरूमा क्रमशः सामग्री पठाइने आयोगले जनाएको छ ।














