काठमाडौं, २० माघ । प्रतिनिधिसभा विघटन र नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अघि बढ्ने देखिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा २८ माघका लागि साधारण तारिख तोकेको छ भने कांग्रेसको आधिकारिकता विवादमा विपक्षी पक्षलाई म्याद तामेलसमेत भइसकेको छैन ।
अदालतका अनुसार आवश्यक प्रक्रिया पूरा हुन समय लाग्ने भएकाले दुवै मुद्दाको वास्तविक सुनुवाइ कम्तीमा पनि २० फागुनअगावै हुने सम्भावना छैन ।
निर्वाचन आयोगको निर्णय रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्च अदालतले मुद्दालाई अग्राधिकार दिएको छ ।














