काठमाडौं, २० माघ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
त्यसैगरी, मन्त्रिपरिषद्ले निर्माणाधीन संसद भवन परिसरमा जेन–जी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्न सिंहदरबार परिसरको गुरुयोजनामा संशोधन गर्न पनि स्वीकृति दिएको छ ।














