KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा-४ को मुसहर बस्ती : दशकौँदेखि राज्यविहीन जीवन

धनुषा-४ को मुसहर बस्ती : दशकौँदेखि राज्यविहीन जीवन

जनकपुर, २० माघ । देश अहिले चुनावमय बनेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मतदातासँग भेटघाट, घरदैलो र चुनावी प्रचार–प्रसारमा व्यस्त देखिन्छन् ।

तर, चुनावी माहोलबीच पनि धनुषाको निर्वाचन क्षेत्र नं. ४ भित्र पर्ने एक दलित बस्ती भने अझै राज्यको नजरबाट ओझेलमै परेको देखिन्छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने इम्ली टोल र करमाही टोलमा बसोबास गर्ने मुसहर समुदाय दशकौँदेखि त्यहीँ बस्दै आए पनि अहिलेसम्म राज्यबाट आधारभूत सुविधा र अधिकार पाउन सकेका छैनन् ।

सो बस्तीका अधिकांश बासिन्दासँग न नागरिकता छ, न त बसोबास गरिरहेको जमिनको लालपुर्जा नै । मुसहर बस्तीका नागरिकहरूका अनुसार उनीहरूले आजसम्म सरकारको विकास र सेवा–सुविधाको प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् ।

बस्तीमा पक्की घर छैन, शौचालयको अभाव छ, विद्युत् सेवा नहुँदा अन्धकारमै जीवन बिताउनुपरेको छ । त्यस्तै, धेरै बालबालिका विद्यालय जानबाट वञ्चित छन्, जसले गर्दा पुस्तौँदेखि गरिबी र पछौटेपनको चक्र तोडिन सकेको छैन ।

स्थानीय बासिन्दाहरूले पटक–पटक राजनीतिक दल र जनप्रतिनिधिसँग समस्या राखे पनि चुनावको समयमा मात्रै आश्वासन पाउने र पछि बेवास्ता हुने गरेको गुनासो गरेका छन् ।

चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरू बस्तीमा पुगेर मत माग्ने गरे पनि नागरिकता, लालपुर्जा, शिक्षा, आवास र आधारभूत पूर्वाधारको समस्या समाधान नहुँदा उनीहरू निराश छन् ।

धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ, र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राज किशोर महतो लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

मुसहर बस्तीका बासिन्दाहरू भने यसपटक चुनावी प्रतिबद्धता कागजमै सीमित नहोस् र आफ्नो जीवनमा वास्तविक परिवर्तन आओस् भन्ने विश्वास राखेका छन ।

Facebook Comment

Related Posts

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar