काठमाडौं, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी प्रचारका क्रममा झापा–५ पुगेका छन् ।
उनले कमलगाउँपालिकाका सुकुमबासीसँग संवाद गर्दै उनीहरूले लालपुर्जा पाउनुपर्ने धारणा राखे । काठमाडौंको सन्दर्भ फरक भएको उल्लेख गर्दै झापामा डोजर नलाग्ने आश्वासनसमेत दिए ।
बालेनले सुकुमबासी समस्यामा राजनीतिक पहुँचका आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने र भूमि आयोगमार्फत निष्पक्ष रूपमा लालपुर्जा वितरण हुनुपर्ने बताए ।
साथै, रास्वपाको घोषणापत्र फागुनको पहिलो सातामा सार्वजनिक हुने जानकारी पनि दिए ।














