काठमाडौं, ११ माघ । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १८ सिटमध्ये १७ सिटका लागि आज सातै प्रदेशमा मतदान सुरु भएको छ ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा कोसी प्रदेशको खस आर्यतर्फको एक सिटमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।
बाँकी सिटका लागि प्रदेश राजधानीस्थित तोकिएका मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता छन् ।














