काठमाडौं, ३० पुस । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच बुधबार बिहान भएको वार्ता सहमतिविनै टुंगिएको छ ।
महाराजगञ्जस्थित देउवा निवासमा करिब एक घण्टा चलेको छलफलमा नेतृत्व हस्तान्तरणबारे कुरा नमिल्दा दुवै महामन्त्री वार्तास्थलबाट बाहिरिएका हुन् ।
छलफलमा देउवाले टिकट वितरणका लागि हस्ताक्षर अधिकार हस्तान्तरण गर्न तयार रहेको बताए पनि महामन्त्रीद्वयले तत्काल सभापति पद छाड्नुपर्ने अडान राखेपछि सहमति हुन नसकेको कांग्रेसले जनाएको छ ।
नेतृत्व परिवर्तन कहिले गर्ने भन्ने विषयमै मतभेद रहेपछि वार्ता निष्कर्षविहीन बनेको हो ।














