काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र मङ्गलवारसम्म लम्बिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल भइरहेकै बेला सभापति शेरबहादुर देउवाले उनीहरूसँग वार्ता गर्ने भएपछि बन्दसत्र थपिएको हो ।
आयोजक समितिका अनुसार मङ्गलवारको बन्दसत्रमा नेतृत्वसहितका मुख्य विषयमा निर्णय हुन सक्ने बताइएको छ ।
हाल बन्दसत्रमा सात प्रदेश, उपत्यका तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिका गरी नौ समूह बनाएर छलफल चलिरहेको छ ।














