काठमाडौं, २८ पुस । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन क्षतिग्रस्त भएपछि राष्ट्रिय सभाको बैठक सिंहदरबारमै बस्ने भएको छ ।
संघीय संसद् सचिवालयले सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठकका लागि व्यवस्थापन गरेको छ ।
प्रवक्ता एकराम गिरीका अनुसार करिब ९० प्रतिशत तयारी पूरा भइसकेको छ र बाँकी काम माघ ४ अगावै सम्पन्न हुनेछ । सरकारले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
अधिवेशनमा विधेयक, अध्यादेश, समितिका प्रतिवेदन र सांसदका विभिन्न प्रस्तावहरू पेश हुनेछन् ।














