काठमान्डौँ, २१ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ ।
पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र क्षेत्रीय कमिटीहरूले सिफारिस गरिरहेका छन् । हालसम्म २४ निर्वाचन क्षेत्रबाट एकल उम्मेदवारको नाम केन्द्रमा सिफारिस भइसकेको छ भने अन्य क्षेत्रमा एकभन्दा बढी आकांक्षीका नाम पठाइएका छन् ।
केही स्थानमा उम्मेदवार छनोट प्रक्रिया अझै जारी छ ।














