जनकपुर, २१ पुस । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदायबीचको विवाद उग्र बन्दै गएपछि शान्ति, सद्भाव र एकता कायम राख्न सबैलाई आग्रह गरेका छन् ।
मधेशलाई सबै समुदायको साझा घर बताउँदै उनले विविधतामै मधेशको शक्ति रहेको उल्लेख गरे। हिंसाले समाधान नदिने भन्दै धर्मका नाममा हुने घृणा र विभाजन अस्वीकार्य भएको उनले स्पष्ट पारे ।
प्रदेश सरकारले नागरिकको सुरक्षा र समान अधिकार सुनिश्चित गर्ने र अफवाह तथा घृणात्मक गतिविधिमा संलग्नलाई कानुनअनुसार कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।














