काठमाडौँ, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ ।
नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट÷थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको छ । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाले जनाएको छ ।
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । उनीहरु आज रास्वपामा समाजोजन हुनेछन् ।














