कैलाली, १९ पुस । कैलालीको गोदावरी नगरपालिका–७ तिकोलास्थित गौशालामा २५ वटा गाई तथा बाच्छाबाच्छी मरेका भेटिएका छन्।
पर्याप्त आहार, उचित हेरचाह र व्यवस्थापनको अभाव तथा चिसोका कारण गाई मरेको अनुमान गरिएको छ । स्थानीयका अनुसार सयभन्दा बढी गाई रहेको गौशालामा एक जना मात्र हेरालु हुँदा अवस्था झन् गम्भीर बनेको हो।
दैनिक चार–पाँचवटा गाई मर्ने गरेको र दुर्गन्धका कारण गौशालामा पुग्नसमेत कठिन भएको जनाइएको छ ।
स्थानीय अगुवा र पशुकल्याणकर्मीहरूले प्रदेश सरकार र स्थानीय प्रशासनसँग घटनाको अनुगमन, सत्यतथ्य छानबिन तथा तत्काल व्यवस्थापनको माग गरेका छन् ।














