एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकाविरोधी राजनीतिक धारका प्रमुख प्रतिनिधि हुन् ।
श्रमिक आन्दोलनबाट राजनीतिमा आएका मादुरो ह्युगो चाभेजको बोलिभेरियन क्रान्तिका अनुयायी हुन् । चाभेजपछि सन् २०१३ मा राष्ट्रपति बनेसँगै अमेरिका–भेनेजुएला सम्बन्ध झनै तनावपूर्ण बन्यो ।
अमेरिकाले मादुरो सरकारलाई अलोकतान्त्रिक भन्दै कडा आर्थिक प्रतिबन्ध लगायो, जसले भेनेजुएलाको अर्थतन्त्र गम्भीर संकटमा पर्यो । मादुरोले यसलाई अमेरिकी हस्तक्षेप र ‘आर्थिक युद्ध’ को परिणाम भनेका छन् ।
तेलजस्ता रणनीतिक स्रोतमा राज्य नियन्त्रण, समाजवादी नीति र अमेरिका विरोधी परराष्ट्र नीतिका कारण मादुरो अमेरिकी निशानामा परेका हुन् ।
समर्थकका लागि उनी विदेशी प्रभुत्वविरुद्ध लड्ने प्रतीक हुन् भने आलोचकका लागि सत्ता केन्द्रित र दमनकारी शासक मानिन्छन् ।














