एजेन्शी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि सैन्य आक्रमणको आदेश दिएपछि त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गरिएको छ ।
राजधानी काराकसका विभिन्न क्षेत्रमा, सैन्य अड्डा आसपाससहित, ठूला विस्फोटहरू सुनिएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यो आक्रमण देशको तेल र खनिज स्रोत कब्जा गर्ने प्रयास भएको आरोप लगाएका छन् ।
भेनेजुएला सरकारले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष अस्वीकार्य र गम्भीर सैन्य हस्तक्षेप भनेको छ ।ट्रम्प प्रशासनले भेनेजुएलामाथि लागूपदार्थ तस्करी र अपराधको आरोप लगाउँदै दबाब बढाउँदै आएको पृष्ठभूमिमा यो घटना भएको हो ।














