विराटनगर, १९ पुष । झापाको चन्द्रगढी (भद्रपुर) विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय प्राविधिक टोली घटनास्थल पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्रलाल कर्णको नेतृत्वमा मन्त्रालयका प्रतिनिधि र बुद्ध एयरका प्राविधिकहरू टोलीमा छन् ।
काठमाडौँबाट उडेको उडान नम्बर ९०१ अवतरणका क्रममा रनवेबाट बाहिर गएर दुर्घटनामा परेको थियो । जहाजमा सवार ५१ यात्रुमध्ये केहीलाई सामान्य चोट लागेको भए पनि सबै सुरक्षित छन् । दुर्घटनाको प्राविधिक कारणबारे सूक्ष्म अनुसन्धान भइरहेको छ ।














