KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

माग पूरा गर्ने आश्वासनसँगै अनशन तोडियो डा. निकोलस भुसाल

माग पूरा गर्ने आश्वासनसँगै अनशन तोडियो डा. निकोलस भुसाल

काठमाडौँ, १८ पुस । सरकार र डा. निकोलस भुसाल तथा हरिश विष्टबीच ६ बुँदे सहमति भएपछि उनीहरूले जारी राखेको आमरण अनशन ११ औँ दिनमा तोडिएको छ ।

शुक्रबार भएको सहमतिपछि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा दुवैलाई जुस खुवाएर अनशन तोडाएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार, डा. निकोलस भुसाल र हरिश विष्टबीच भएको सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले सरकारको तर्फबाट हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा उल्लेखित बुँदाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । डा. भुसाल र विष्टले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन रोक्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्नुपर्ने लगायतका माग अघि सार्दै काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका थिए ।

अनशनका क्रममा उनीहरूको स्वास्थ्य अवस्थाबारे चासो बढ्दै गएपछि विभिन्न नागरिक समाज, अधिकारकर्मी तथा राजनीतिक वृत्तबाट पनि सरकारसँग वार्ता गरेर समस्या समाधान गर्न दबाब बढ्दै गएको थियो । अन्ततः सरकार र अनशनरत पक्षबीच सहमति जुटेपछि अनशन अन्त्य भएको हो ।

सरकारले सहमतिपत्रमा समेटिएका विषयहरूबारे आवश्यक अध्ययन, छलफल र कानुनी प्रक्रिया अघि बढाउने बताएको छ । अनशन तोडिएसँगै समर्थकहरूले राहतको महसुस गरेका छन् भने अब सम्झौताका बुँदाहरू कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ ।

Facebook Comment

Related Posts

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar