काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन हुने स्पष्ट पारेका छन् ।
केन्द्रीय कार्यसमितिले निर्णय गरे वा नगरे पनि विधानअनुसार महाधिवेशन गरिने उनको भनाइ छ ।
उनले विधान केन्द्रीय कार्यसमितिभन्दा माथि रहेको उल्लेख गर्दै, धारा १७(२) अनुसार आवश्यक प्रक्रिया अघि बढाइने बताए ।
विशेष महाधिवेशनबारे अन्तिम निर्णय एक–दुई दिनभित्र टुंगो लाग्ने जनाइएको छ ।














