काठमाडौँ, १८ पुष । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीलाई आममाफी दिएको छ ।
यसप्रति नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत कतार सरकारप्रति आभार व्यक्त गरेको छ ।
मन्त्रालयले यस निर्णयलाई नेपाल–कतारबीचको मित्रवत् र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको सकारात्मक उदाहरणका रूपमा उच्च मूल्याङ्कन गरेको छ ।














