काठमाडौं, १८ पुस । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज तराईका अधिकांश क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ ।
पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च भू–भागमा हल्का हिमपातको सम्भावना छ ।
राति पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा हुस्सु कायम रहन सक्छ ।
हुस्सुका कारण जनजीवन, स्वास्थ्य र यातायातमा असर पर्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।














